कालीकोट, १७ असार । कालीकोट र काठमाडौं जिल्लामा लडेर तीन जनाको मृत्यु भएको छ ।
कालीकोट जिल्लाको रकु–३ बस्ने ४० वर्षीय नैला सिंह तिरुवा र सिउना–४ बस्ने २४ वर्षीय कमल तिरुवाको लडेर मृत्यु भएको हो ।
कोतवाडा–४ गजेभिरस्थित लालुलीको सडकखण्डमा बुधबार काम गरीरहेको अवस्थामा भीरबाट लडेर उनीहरुको मृत्यु भएको हो ।
यता, काठमाडौं महानगरपालिका–२७ महाबौद्ध मकान गल्लीमा आज (बिहीबार) नयाँ बन्दै गरेको ६ तले घरको भ¥याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका भारत बैचाली घर भएका ३५ वर्षीय अनिल भन्ने राम सुन्दर रायको उपचारका लागि बीर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
प्रतिक्रिया