रनवको जित

tennisकाठमाडौं । प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत तेस्रो दिन भएको ब्वाइज यु–९ तर्फको खेलमा रनव सिंहले राजवीर प्रधानलाई ८–० ले हराए । यु–१० मा भने रनवले साक्षात् शाहीसँग ८–२ ले पराजित भए । अर्को खेलमा अकी रावतले आरभ हाडालाई ८–४ ले पन्छाए । यु–१२ तर्फ तरुष अग्रवालले आर्यन गिरीलाई ८–० ले पराजित गरे भने आदित्य सुवेदीले अकी रावतलाई ८–५ ले निरास गरेका थिए ।

यसैगरी, यु–१४ तर्फ अभिनव आचार्यले सुशान्त कुइँकेललाई ८–१ ले तथा यु–१६ मा संरक्षकभूषण बज्राचार्यले सौरभ पाण्डेलाई ८–१ ले नै हराए । प्रणव खनालले सहर्ष चन्दलाई ८–० ले हराएर अगाडि बढे । संरक्षकले यु–१८ मा पनि जित दर्ता गरेका थिए ।
गल्र्सतर्फ यु–१० मा इशाश्रीले सुष्टा राईलाई हराएर उपाधि जितिन् । त्यस्तै यु–१२ मा अभिलाषा विष्टले सपना राईलाई ६–२, ६–१ ले तथा सलोनी तामाङले प्रेरणा कोइरालासँग १–६, ३–६ ले खेल हारे । त्यस्तै यु–१४ मा इरा रावतले प्रेरणा कोइरालालाई ६–२, ६–४ ले तथा अभिलाषा विष्टले खुसी पाण्डेलाई ६–१, ७–५ ले हराएर अर्को चरणमा प्रवेश गरे । (एजेन्सी)

प्रतिक्रिया