आयुष्मानसँग प्रणव पराजित

tennis-photoकाठमाडौं । प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत मंगलबार आयुषमान घलेले जित हात पारेका छन् । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल लनटेनिसको कोर्टमा ब्वाइज यु–९ तर्फ आयुषमानले प्रणव मानन्धरलाई ९–७ ले हराएका हुन् । सोही विधामा राजवीर प्रधानले श्रीयोग अधिकारीलाई ८–२ ले पराजित गरे । त्यस्तै, यु–१० मा साक्षात शाहले प्रतीकबहादुर थापालाई तथा आराभ हाडाले आतिया अग्रवाललाई समान ८–१ ले पराजित गरे ।
यसैगरी, यु–१२ तर्फ तरुस अग्रवालले सर्वत्र प्रधानलाई ८–४ ले पराजित गर्दा अकि जुबेन रावतले एभ्याक जोशीलाई ८–१ ले पाखा लगाए । आदित सुवेदीले यु–१४ को प्रतिस्पर्धामा स्वराज केसीलाई ८–२ ले हराए । गल्र्सतर्फ यु–१० मा इशाश्री शाहले मन्दीरा आलेमगरलाई ८–० ले तथा श्रीष्था राईले सुभांगी शाहलाई ८–१ ले हराएका थिए । यु–१४ मा अभिलाषा विष्टले सलोनी तामाङलाई ८–२ ले हराउँदा यु–१६ मा खुशी पाण्डेले श्लेषा प्रधानलाई ८–३ ले हराइन् । जुनियर टेनिस खेलाडीको अभिभावकद्धारा आयोजित प्रतियोगिताअन्तर्गत ब्वाइज डबल्स सेमिफाइनलमा आभाष मल्ल र सक्षम कार्कीले जित हात पारे । उनीहरूको जोडीले अकी राउत र आराभ हाडाको जोडीलाई ६–०, ६–३ ले पराजित गरेको थियो । त्यस्तै, अर्को सेमिफाइनल खेलमा विवेक श्रेष्ठ र आकाश लामखोरको जोडीले आर्यन गिरी र सम्यकभूषण बज्राचार्यलाई हराएको थियो । (सौस)

प्रतिक्रिया