सात प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिर

इलाम, ७ वैशाख । इलाममा अझै सात प्रतिशत बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ ।

कार्यालयका अनुसार ९३ प्रतिशत बालबालिका मात्र शिक्षाको पहुँचमा रहेका छन् । कार्यालयले वर्षेनी विद्यार्थी भर्ना अभियान सञ्चालन गरेपनि विद्यार्थी भर्नादर भने बढ्न सकेको छैन ।

विगत पाँच वर्षदेखि कक्षा–१ मा भर्ना हुनेको संख्या बढ्न सकेको छैन । २०६३ सालको तथ्याङ्कअनुसार जिल्लाभर कक्षा–१ मा भर्ना हुनेको संख्या नौ हजार रहेको थियो । त्यसपछि वर्षेनी भर्नादर खस्कदो रहेको कार्यालयले जनाएको छ ।

समुदायमा विद्यालय तहमा भर्ना हुने बालबालिकाको संख्या कम हुँदै गएका कारण भर्नादर समेत घट्दो रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए ।

‘शहर उन्मूख गाउँहरुमा निजी विद्यालय स्थापना हुने क्रम बढेको छ’ उपसचिव दाहालले भने, ‘अंग्रेजी माध्यमको पढाईप्रति विद्यालर्थीको मोहका कारण अविभावकहरुले सरकारी विद्यालयलाई कम प्राथमिकता दिन थालेका छन् ।’

प्रतिक्रिया