भिनाडेलमार, १३ असार । उपाधिको बलियो दाबेदार अर्जेन्टिना चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान स्टेडियो साउसालिटोमा भएको खेलमा उपाधिको अर्काे दाबेदार कोलम्बियालाई सडन डेथमा ५–४ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेकोे हो । निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेको खेलमा निर्धारित समयमा गोल दुवै टोलीबाट गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सडन डेथमा कार्लाेस टेभेजले गोल गर्दै टोलीलाई अन्तिम चारमा पु¥याए । दुवै टोलीले समान ४–४ गोल गरेपछि निर्णयका लागि खेल ‘सडन डेथ’मा गयोे । रोमाञ्चक बनेको ‘सडन डेथ’को पहिलो प्रहारमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो प्रहारमा पनि कोलम्बियाका खेलाडी गोल गर्नबाट चुकेपछि आएका अर्जेन्टिनाका कार्लोस टेभेजले बललाई जाली चुमाउँदै अर्जेन्टिनाको जित पक्का गरे ।
क्वाटरफाइनलको तेस्रो खेलमा उपधिको बलियो दाबेदार अर्जेन्टिना हाबी भए पनि कोलम्बियाको डिफेन्स र गोलरक्षक ओस्पिनाले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाका आधा दर्जन प्रहार विफल भएका थिए । १२ औँ मिनेटमा लियोनेल मेसीको पासमा डी मारिया गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता लिनबाट चुक्यो । २६ आँै मिनेटमा अग्बिरो र मेसीको हेड बल ओस्पिनाले उत्कृष्ट बचाउ गरेपछि अग्रता लिनबाट चुक्यो । पहिलो हाफमा खेलमा आफ्नो पकड बनाए पनि अर्जेन्टिनाले कोलम्बियाको डिफेन्स तोड्न सकेन । ३९ औँ मिनेटमा डी मारियाको प्रहार क्लियर गर्न खोज्दा आफ्नै पोस्टको दिशा लिएको थियो । ७९ बनेगाको प्रहार बारमा लागेर बाहिरियो । ८० औँ मिनेटमा डी मारियाको कर्नरबलमा ओटामेन्दीको प्रहारलाई कोलम्बियाका डिफेन्डर जुनिगाले क्लियर गर्दै गोल हुनबाट जोगाएका थिए । ८९ मिनेटमा ला भेजीको प्रहार मुरिल्लोले गोलरक्षक ओस्पिना बिट भइसकेको अवस्थामा गोललाइनबाट क्लियर गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्याएका थिए । खेलभर एक मात्र गोलको अवसर सिर्जना गरेको कोलम्बियाले ६६ मा जेम्सको पाएको पहिलो कर्नरमा ज्याक्सनको फ्री हेड अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरोले असफल पारेका थिए ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइयो । कोलम्बियाका जेम्स रोड्रिग्वेज, राडामेल फल्काओ र जुआन र कार्डाेनाले गोल गरे भने, मुरिलो र जुनिगाले गोल गर्न चुके । अर्जेन्टिनाका लियोनल मेसी, गारे, इभर बनेगा र लाभेजीर कार्लाेस टेभेजले गोल गरे । लुकास विजिला र रोजोले गोल गर्न सकेनन् ।
अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि ब्राजिल र पारग्वेको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया