सान्टियागो । तनावपूर्ण बनेको खेलमा डिफेन्डिङ च्याम्पियन उरुग्वेलाई १–० ले पराजित गर्दै घरेलु टोली चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान स्टेडियो नासिनल जुलियो सान्टियागोमा भएको खेलमा घरेलु टोली चिलीले नौ खेलाडीमा सीमित भएको डिफेन्डिङ च्याम्पियन उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
६३औँ मिनेटमा चिलीका ग्वन्जालो जारालाई हिर्काएपछि एड्सन काभानी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।
उरुग्वेबाट ७६ खेल खेलेका काभानीले रातो कार्ड पाएको यो पहिलोपटक हो । १० खेलाडीमा सीमित बनेको फाइदा उठाउँदै चिलीले ८१ मिनेटमा गोल गर्यो ।
८८औँ मिनेटमा योर्गे फसीले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि उरुग्वे नौ खेलाडीमा समेटिएको थियो । (एजेन्सी)
प्रतिक्रिया