काठमाडौं, ९ असार । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) फिल्ड कार्यालय चितवनमा भएको अनियमितता प्रकरण ‘धान खाने मुसो चोट पाउने गँगटो’ जस्तै भएको छ ।
नेफ्स्कुन चितवन शाखामा भएको ५५ लाख २९ हजार ६ सय ५३ रुपैयाँ ६७ पैसा अनियमितता प्रकरणमा सोही कार्यालयमा कार्यरत फिल्ड दुई कर्मचारीले भने विनाकसुर जागिरबाट हात धुनु परेको छ ।
अनियमितता प्रकरणमा फिल्ड कार्यालय प्रमुख रामबाबु अधिकारीको संलग्नता भए पनि छानबिनका लागि उनीसँगै निलम्बनमा परेकी कृष्णकला तिवारी र भूमिरण ढुंगानाले भने सधैँका लागि जागिर गुमाउनुपरेको छ । उक्त अनियमितता प्रकरणको छानबिनका लागि केन्द्रीय कार्यालयबाट खटिएको छानबिन टोलीले अधिकारी मात्रै दोषी भएको ठहर गरेको थियो । कार्यालयप्रमुख मात्र अनियमिततामा संलग्न भएको पाइए पनि उनीहरू अनियमिततामा नभेटिएको भए पनि संघले भने उनलाई जागिरबाट हटाएको पत्र थमाएको हो ।
५५ लाख रुपैयाँ अनियमितता भएको खुलासा भएपछि म्यानेजर अधिकारी र तिवारीलाई छानबिनका लागि केही समयका लागि निलम्बन गरिएको थियो । आपूmले उक्त प्रकरणमा कतै नसघाएको जिकिर गर्दै आएकी तिवारीलाई केन्द्रीय कार्यालयबाट सफाई पाइसकेकी थिइन् । अनियमिततामा संलग्न नभएको पाइए पनि उनलाई निलम्बनमा परेको मिति देखि नै लागू हुनेगरी अवकाशपत्र थमाएको तिवारी बताउँछिन् ।
तिवारीलाई केन्द्रीय कार्यालयले गत मंसिर एक गते बिहान १० बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि निलम्बन गरेको थियो । तर, उनलाई केन्द्रीय कार्यालयले पुस ३० मा सेवाबाट हटाइएको पत्र काटेको थियो । सो पत्रमा निलम्बन गरेकै मिति अर्थात मंसिर एक गतेदेखि कर्मचारी नियमावली अनुसार हटाइएको उल्लेख गरेको छ ।
केन्द्रीय कार्यालयले करार सेवा सकिएपछि असोज एक गतेदेखि पौषमसान्त सम्मका लागि सेवा थप गरेको थियो । तर, केन्द्रीय कार्यालयले भने पुस ३० मा नै सेवाबाट हटाइएको पत्र काटेको तर एक महिना अघिबाट नै सेवाबाट हटाइएको उल्लेख गराएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का निमित्तप्रमुख कार्यकारी अधिकृत शिव अधिकारीका अनुसार उनीलाई कर्मचारी प्रशासन नियमावली दफा १०६ को (ग) बमोजिम हटाइएको बताए । केन्द्रीय कार्यालयले उनीलाई ०६९ साउन ८ देखि भएको आर्थिक हिनामिनामा अनविज्ञ रहेका बेहोरा प्रस्तुत गरेको, श्री आत्मा निर्भर बचत तथा ऋण सहकारी संस्थालाई १८ लाख नभई नौ लाख मात्र ऋण स्वीकृत गरेको थाहा भएको बेहोरा जानकारी दिएको तथा स्टेसनरी हकमा दैनिक बिक्रीको रकम बुझ्ने गरेको तर बुभैकै दिन कार्यालयमा जम्मा नगरी नियम विपरीत अपचलन गरेको देखिएकाले निलम्बन गरेको छ । तर, तिवारीका अनुसार स्टेशनरीको बिक्री रकम महिनाको अन्तिम दिन हिसाब गरी प्रमुखलाई बुझाउने नियम अनुसार महिनाको अन्तिम दिन बुझाउने गरेको बताउँछिन् ।
आफ्नो कुनै कसुर नभए पनि संस्थामा भएको अनियमितता छानबिनका लागि गरिएको निलम्बन स्वीकार्य भए पनि विनाकारण सेवाबाटै अवकाश दिइनु भने अन्याय भएको तिवारीको गुनासो छ । उनले आपूले कुनै कसुर नगरी दिइएको अवकाश एउटा श्रमजीवीमाथिको शोषणका रूपमा लिएको बताइन् । छानबिन समिति र फिल्ड प्रमुखले समेत आपू निर्दोष भएको बताइसक्दा आपूmलाई अवकाश दिइएकोमा आश्चर्य व्यक्त गरे ।
प्रतिक्रिया