काठमाडौं । चलचित्र पत्रकार संघले फिल्म ‘हिम्मतवाली’का अभिनेता सुदर्शन गौतमलाई १५ दिने अल्टिमेटम दिएको छ । संघका सदस्य श्यामसुन्दर गिरीलाई समाचार लेखेकै भरमा अमेरीकामा रहेका अभिनेता गौतमले फोनमार्पmत दिएको ज्यान मार्ने धम्की दिएपछि गिरीसँग माफी माग्न अल्टिमेटम दिएको हो ।
संघको आइतबार बसेको बैठकले गिरीले आफ्नो अनलाईन फिल्मीबजार डटकममा ‘भूकम्प पीडितका नाममा राहत संकलन भनी अमेरिका उड्न थाले कलाकार’ शीर्षकको गसिप समाचारकै आधार मानेर अभिनेता गौतमले पत्रकार गिरीलाई दिएको धम्कीलाई अक्षम्य रहेको ठहर गरेको छ ।
संघका महासचिव सन्दीप सापकोटाद्वारा जारि विज्ञप्तिमा गिरीलाई मारेर फाल्ने भनी अश्लील शब्द बोल्दै धम्की दिएको, समाचार संस्था एवं समाचार तथा सञ्चारकर्मीको धावा बोलेको, पटकपटक चलचित्र पत्रकार संघको नामसमेत उल्लेख गरी संघको सदस्य समेतबाट निष्काशन गरिदिने भनी गैर कानुनी शब्द र व्यवहार देखाएको जस्ता कारणले उनको गल्ती अक्षम्य भएको उल्लेख गरिएको छ ।
‘कसैले समाचार लेखेकै कारण आपूलाई चित्त नबुझेमा कानुनी प्रक्रिया हुँदाहँुदै गौतमले कानुनकै उल्लंघन गरेकाले उनलाई माफी माग्न १५ दिने अल्टिमेटमसमेत दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फिल्ममा अभिनय गर्नुका साथै अन्य सामाजिक प्रतिष्ठासमेत प्राप्त व्यक्ति सुदर्शन गौतमबाट यस्तो प्रक्रिया अपनाइनु निर्लज्जताको पराकाष्टासमेत भएको संघको ठहर छ ।’ संघले दिएको अल्टिमेटम भित्र उनले आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई बहिस्कारसम्म गर्ने संघले निर्णय गरेको छ । (सौस)
प्रतिक्रिया