मोडल हन्टमा तीस प्रतियोगी

model_huntकाठमाडौं । नेक्ष्ट मोडलस् नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को पहिलो चरणको अडिसनबाट ३० प्रतियोगी छनौट भएका छन् । राजधानीमा शनिबार भएको अडिसनमा अडिसनमा ७२ युवा तथा ५८ युवतीले सहभागिता जनाएका थिए ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित ‘मोडल हन्ट’ यसपटक नेपालमा पनि आयोजना गरिन लागिएको हो । नेपाली मुलका युवायुवतीहरूको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।
१६ देखि २८ वर्ष ननाघेका पे्रmस फेसका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो र दोस्रो अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि एक महिने प्रशिक्षण दिइनेछ । पहिलो चरणको अडिसनमा आयुष्मान घिमिरे (मिस्टर नेपाल २०११), विश्व गौतम (फेसन डिजाइनर), नग्मा श्रेष्ठ  (मिसन नेपाल अर्थ २०१३), रोजिन शाक्य (कोरियोग्राफर), विष्णु अर्याल (मोडल अभिनेता), सागर गुरुङ (फेसन स्टाइलिस), विकास राना (फोटोग्राफर)लगायत निणार्यक थिए ।
प्रतियोगितामा शीर्षसहित आधा दर्जन उपविधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद एक लाख रुपैयाँ, फिल्मका लागि मुख्य अभिनेता वा अभिनेत्रीको अवसर, केही म्युजिक भिडियो, विज्ञापन फिल्म अभिनय अवसरका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । प्रतियोगिताका लागि दोस्रो चरणको अडिसन असार १९ गते हुनेछ भने फिनाले साउन २३ मा हुँदै छ । (सौस)

प्रतिक्रिया