काठमाडौं, ३० जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकुष्ण श्रेष्ठको निधन भएको छ ।
शुक्रबार राति राजधानीस्थित आफ्नै नयाँ घरमा करेन्ट लागेर श्रेष्ठको निधन भएको आफन्तले जनाएका छन् ।
श्रेष्ठका पत्नी र दुई बच्चा छन् । उनको निधनबाट खेलकुद क्षेत्रमा पीडा थपिएको छ । श्रेष्ठ थ्रीस्टार क्लब पाटनका अध्यक्षसमेत हुन् ।
प्रतिक्रिया