स्मिथको शतकसगै अस्ट्रेलियाको सम्हालिएको प्रदर्शन

सिड्नी । अस्टेलियाले आक्रमक ब्याट्सम्यान स्टेफन स्मिथको अविजित शतकको मद्दतमा वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टमा सम्हालिएको प्रदर्शन गरेको छ ।
वेस्टइन्डिजको सविना पार्कमा सुरु भएको दोस्रो टेस्टमा अस्ट्रेलियाले खराब सुरुआत ग¥यो । पहिलो दिनको खेलको समाप्तिसँगै चार विकेट गुमाउँदै अस्टे«लियाले दुई सय ५८ रन जोडेको थियो । जसका लागि स्मिथको सबैभन्दा ठूलो योगदान रह्यो ।
स्मिथको पछिल्ला ६ टेस्टमा यो पाँचौँ शतक हो । एक सय ३४ रन बनाएर अविजित रहेका स्मिथको यो समग्रमा नवौँ टेस्ट शतक हो । अस्ट्रेलियाले ओपनर डेविड वार्नरलाई (०) र सन मार्सलाई (१६) रनको अवस्थामा गुमाएको थियो । धर्मराएको पारिलाई स्मिथले कप्तान माइकल क्लार्कसँग एक सय १६ र एडम भोगेजसँग ७६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, क्लार्क (४७) र भोगेज(३७) रन बनाएर आउट भए । पहिलो ओभरमै डेविड वार्नरलाई शून्य रनमा पवेलियनको बाटो देखाएका जेरमी टेलरले उत्कृष्ट वलिङ प्रदर्शन गरे । पहिलो दिनको समाप्तिसँगै १५ ओभर बलिङ गरेका टेलरले आठ मेडन सहित १८ रन खर्चेर तीन विकेट लिए । टेलरले वार्नरसँगै सन मार्स र एडम भोगेजलाई आउट गरेका थिए । यसअघि भएको पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो । (एजेन्सी)

प्रतिक्रिया