काठमाडौं, २८ जेठ । नेपाल भेट्रान एथलेटिक संघ र नेपाली भेट्रान खेलाडीबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको विषयमा विवाद सिर्जना भएको छ ।
फ्रान्समा हुने अन्तर्राष्ट्रिय मास्टर भेट्रान एथलेटिक्समा नेपालका भेट्रान खेलाडीद्वय धर्मकुमार महर्जन र रामकृष्ण महर्जनले खेल्नका लागि फ्रान्समा पत्रचार गरेपछि विवाद बढ्दै गएको हो । भेट्रान संघले दुवै आप्नो खेलाडी नभएको भनी आयोजकलाई पत्रचार गरेपछि विवाद उत्पन्न भएको थियो । धर्मकुमार महर्जन गतवर्ष जापानमा भएको भेट्रान मास्टर एथलेटिक्स च्याम्पियनसिपका कास्य पदक विजेता खेलाडी हुन् ।
नौ अगस्टमा फ्रान्स हुने प्रतियोगिताका लागि रामकृष्ण र धर्मकुमारले एक सय युरो रजिस्टर्ड शुल्क भुक्तानी गरेपश्चात् भेट्रोन संघले अन्याय गरेको आरोप लगाए । खेलाडीले राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा भेट्रान संघविरुद्ध आवश्यक कारबाही गर्न माग गर्दै अनुरोध गरे पनि भेट्रान संघ राखेपमा दर्ता नभएकोले केही गर्न नमिल्ने जवाफ दिइएको थियो । फ्रान्सबाट तीन पटकसम्म पत्रचार गर्दा जवाफ नआएकाले खेलाडीहरू सधैँका लागि उक्तदेशमा प्रतियोगिता खेल्ने प्रतिबन्ध हुन सक्ने आशंका व्यक्त गरे ।
तथापि, राखेपले खेलाडीलाई प्रतियोगितामा सहभागी गरिदिन फ्रान्सको आयोजक टोलीलाई पत्र लेखे पनि आयेजकले जवाफ फर्काएन । यसैकारण संघले आपूहरू विरद्ध मनोमानि गरेको आरोप लगाउँदै प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
खेलाडीहरूले भेट्रान संघले गैर खेलाडीहरूलाई प्रतियोगितामा सहभागिता गराउन खोजेको बताएका छन् । उनीहरूको अनुसार संघमा लामो समयदेखि भेट्रान खेलाडीहरूको हक अधिकारलाई खोस्दै लापरबाही र अन्याय गरेको आरोप लगाए । भेट्रान संघमा अध्यक्ष गोवद्र्धननाथ शर्मा र कोषाध्यक्ष भैरव शर्माले आपूखुसी आप्नै घरमा बसेर खेल भावनाविपरीत काम गरेको भेट्रान खेलाडी बताउँछन् ।
त्यस्तै भेट्रान खेलाडीहरूले संघले चुनावप्रक्रियाविना नै आपू खुसी पदमा बसेर शर्मा र शाहीले भेट्रान खेलाडीहरूको सट्टामा गैरखेलाडीलाई बाहिर पठाएकोले उनीहरूमाथि सम्बन्धित खेलकुद निकायले छानबिन गर्नुपर्ने माग राखे ।
भेट्रान संघका कोषाध्यक्ष शाहीले भने खेलाडीले आपूखुसी तरिकाले संघको नियमभन्दा बाहिर रहेर काम गरेको बताएका छन् ।
प्रतिक्रिया