सेरेनालाई फ्रेन्च ओपन टेनिसको उपाधि

seremaपेरिस । विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपन टेनिस प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितिन् ।
शनिबार राती भएको फाइनल खेलमा चेक रिपब्लिकनकी लुसी सारापोभालाई २–१ को सेटले हराउँदै सेरेनाले २० औँ उपाधि हात पारिन् । उनी ओपन युगलतर्फ सर्वाधिक २२ उपाधिभन्दा २ उपाधिले पछि रहेकी छिन् । सारापोभालाई पराजित गरेकी सेरेना २० वा त्योभन्दा बढी महिलाको ठूला एकल प्रतियोगिता जित्ने तेस्रो खेलाडी बनेकी छिन् ।
त्यस्तै निकै प्रतिस्पर्धात्मक खेलमा सेरेनाले लुसी सारापोभाको चुनौती ६–३, ६–७ र ६–२ ले पन्छाएकी थिइन् । पहिलो सेटमा सेरेनाले सहजै जितेकी थिइन् । तर दोस्रो सेटमा सारापोभाले ४–१ को शूरुवाति अग्रता लिए पनि १३ औँ वरीयताकी खेलाडी सारोपोभाल दोस्रो सेटमा रोमाञ्चक जित हात पारिन् । तेस्रो सेटमा ०–२ लेपछि परेकी सेरेनाले उत्कृष्ट पुनारागमन गर्दै उपाधि हात पारेकी थिइन् ।
त्यस्तै चेककी विश्व वरीयतामा १३औँ स्थानमा रहेकी सारापोभा कुनै पनि ग्रान्डस्लामको पहिलोपटक फाइनलमा प्रवेश गरेकी थिइन् ।
यस्तै विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक, फ्रेन्च ओपन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा भएको सेमिफाइनल खेलमा तेस्रो वरीयताका ब्रिटिस खेलाडी एन्डी मुर्रेलाई ६–३, ६–३ र ६–१ को सेटले पराजित गर्दै जोकोभिक फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो र दोस्रो सेट जितेका जोकोभिकले तेस्रो र चौथो सेट गुमाएका थिए । तर पाचौँ तथा निर्णायक सेटमा ६–१ को सहज जित हात पार्दै जोकोभिकले स्टेन वारिन्कासँगको भेट पक्का पारेका हुन् । (एजेन्सी)

प्रतिक्रिया