‘फिफा’को अर्को ‘कालो र क्रुर’ भ्रष्टाचार बाहिरियो

फिफाका पूर्व उपाध्यक्ष जैक वार्नर

फिफाका पूर्व उपाध्यक्ष जैक वार्नर

लण्डन, २४ जेठ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का पदाधिकारीहरूका विषयमा दिनप्रति दिन नयाँ र रोचक प्रसंगहरू बाहिरन थालेका छन् ।

फिफामा पूरा जीवन व्यतित गरेका अध्यक्ष सेप्प ब्लाटरको राजीनामासँगै त्यसभित्र रहेका काला र क्रुर रहस्य बाहिरन थालेका हुन् । अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फिफाभित्र लुकेका काला र क्रुर भ्रष्टाचारका विषय सार्वजनिक गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले फिफामा रहेको संस्थागत भ्रष्टाचारको सबुद प्रमाण सार्वजनिक गरेर सबैलाई चकित तुल्याइ दिएको छ । दस्ताबेजअनुसार फिफाका पूर्व उपाध्यक्ष जैक वार्नरले एक करोड अमेरिकी डलर घुस लिएको तथ्य प्रमाण सार्वजनिक भएको छ । जैकले एक करोड डलर कसरी खर्च गरे भन्ने तथ्य पनि दिइएको छ ।

दक्षिण अफ्रिकाले पठाएको सो रकम ‘कैरेबियन डायास्पोरा लेगेसी प्रोग्राम’मा खर्च हुनु पर्ने थियो । तर सो रकम कार्यक्रममा खर्च नभइ पूर्व उपाध्यक्ष वार्नरले आफ्नो खातामार्फत खर्च गरेको देखिएको छ । साथै उनले आफ्नो व्यक्तिगत ऋण तिर्न र कालो धनलाई सेता बनाउन प्रयोग गरेको तथ्याङ्कमा उल्लेख छ ।

अमरिकी जाँच एजेन्सी एफबिआईले ७२ सालका वार्नरविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । यद्यपि वार्नरले आफूले केही नगरेको भन्दै सबै आरोपहरू खारेज गरिदिएका छन् ।Jack Warner nocredit

दस्तावेजअनुसार फिफाले तीन पटकसम्म रकमको लेनदेन गरेको तथ्याङ्क रहेको छ । सन् २००८ को ४ जनवरी, १ फेबु्रअरी र १० मार्चमा फिफाको खाताबाट रकम एक कर्मचारी कोनाकाफको खातामा जम्मा भएको थियो । रकम जम्मा भएको यो खाता वार्नरको नियन्त्रणमा थियो ।

कोनाकाफ तत्कालीन समयमा पूर्व उपाध्यक्ष वार्नरका सहयोगीका रुपमा काम गर्थे । साथै उनले उत्तर र मध्यअमरिका तथा क्यारेबियन देशमा फुटबाल सञ्चालन गर्दै आएका थिए ।

दस्तावेजअनुसार फिफाको खाताबाट त्रिनिदादमा जेटिए सुपरमार्केट्सलाई ४८ लाख ६० हजार अमेरिकी डलर पठाइएको छ । पछि अधिकांश सो रकम स्थानीय मुद्रामा वार्नरलाई फिर्ता गरिएको थियो ।

तथ्याङ्कअनुसार पूर्व उपाध्यक्ष वार्नरसँग मिलेका फिफाका केही व्यक्तिले फिफाकै खाताबाट ३ लाख ६० हजार अमेरिकी डलर निकालेर लगेका छन् । करिव १६ लाख डलरको भुक्तानी वार्नर कै क्रेडिट कार्ड र पर्सनल ऋणका लागि खर्च गरिएको समाचारमा उल्लेख छ ।

फिफाका पूर्व उपाध्यक्ष वार्नर ती १४ व्यक्तिमा शामिल छन्, जसलाई अमेरिकी अनुसन्धानकर्ता एफबिआइले भ्रष्टाचारको आरोप लगाएको छ । फिफाका यी १४ व्यक्तिलाई २४ वर्षमा १५ करोड डलरभन्दा बढी घुस लिएको आरोप छ ।

प्रतिक्रिया