काठमाडौं, २४ जेठ । नेपाल बास्केटबल संघको आयोजनमा सञ्चालन भएको अर्थक्विक ट्रमा रिलिफ अन्तर स्कुल बास्केटब प्रतियोगितामा भ्यालिपब्लिक स्कुलले दोहोरो सफलता हात पारेको छ । भ्यालीले सिनियर गल्समा टेरिसालाई २९–२३ रोक्दा रश्मि श्रेष्ठ र सुष्मा गौतमले समान ९ स्कोरको योगदान दिए । त्यस्तै, सिनियर ब्वाइजमा विनोद नेपालीको ११ स्कोरको मद्दतमा भ्यालीले ग्रिनल्यान्डमाथि २४–२२ को साँगुरो जित निकाल्यो ।
उत्तरभेगीय विद्यालयको सहभागिता रहेको प्रतियोगिताको सिनियर गल्समा सिद्धार्थ बनस्थलीले भ्याली बीलाई २३–१८ ले हराउँदा हिमालय हेल्थ केयर एकेडेमी (एचएचसीए)ले निम्सलाई २४–१३ ले पछि पा¥यो । सिनियर ब्वाइजमा टेरिजाले भद्रकालीलाई २२–१६ ले तथा एचएचसिएले युनिभर्सललाई २१–१७ ले हरायो । जुनियर ब्वाइजको १२ वर्षमुनि एन्जलर्हाट, ओडिसी र ग्रिनल्यान्ड विजयी भए । एन्जलर्हाटले गोल्डेनपिकलाई ११–७ ले, ओडिसीले भद्रकालीलाई १७–१२ ले तथा ग्रिनल्यान्डले युनिभर्सललाई २२–१४ ले हराएका थिए । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले गरेका थिए । गुल्फटारस्थित भ्यालिपब्लिक स्कुलको कोर्टमा लिगकम नकाउटका आधारमा सञ्चालित प्रतियोगिताको तीनै स्पर्धामा १२–१२ टिमको सहभागिता छ । (सौस)
प्रतिक्रिया