भ्रष्टाचारको छानविनमा दवाव परेपछि ब्लाटरले राजीनामा दिए

Mr Blatterजुरिच, २० जेठ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का नवनिर्वाचत अध्यक्ष सेप ब्लाटरले पदबाट राजीनामा दिएका छन् ।

चार दिनअघि पाचौंपल्ट फिफा अध्यक्षमा निर्वाचित ब्लाटरले मंगलबार जुरिचमा पत्रकार सम्मेलन गरी पदत्याग गरेका हुन् ।

फिफाका सात जना वरिष्ठ अधिकारी भ्रष्टाचार आरोपमा पक्राउ परेको ६ दिनपछि ७९ वर्षीय ब्लाटरको राजीनामा दिएका हुन् ।

अमेरिकी सुरक्षा एजेन्सी फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई)ले फिफा अधिकारीहरूलाई ज्युरिकस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

चार दिनअघि भएको निर्वाचनमा पहिलो चरणमो मतदानमा पराजित भएपछि ब्लाटरका प्रतिष्पर्धी जोर्डनी राजकुमार अली बिन अल हुसेनले उम्मेदवारी त्यागेका थिए ।

‘मेरा निम्ति फुटबल र फिफा नै जीवन हो’, राजनीनामा घोषण गर्दै व्लाटरले भनेका छन्, ‘नयाँ अध्यक्ष निर्वाचनका लागि सकेसम्म छिटो फिफाको विशेष कंग्रेस बस्नेछ ।’

प्रतिक्रिया