कोरिया गल्फ संघद्वारा दश हजार डलरसहयोग

golfकाठमाडौं । कोरिया गल्फ संघले मंगलबार रोयल नेपाल गल्फ क्लबमा आयोजित कार्यक्रममा नेपालको गल्फ संघमा रहेका भूकम्पपीडित क्याडीहरूका लागि नगद र जिन्सी सहयोग गरेको छ ।
कोरिया गल्फ संघका प्रतिनिधि एवं नेपाल गल्फ संघका सल्लाहकारसमेत रहेका किम यिन योङको पहलमा नेपालका क्याडीका लागि १० हजार डलर र दुइ सय थान लत्ताकपडा नेपाल गल्फ संघलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै कोरियन राजदुत योङ जिन चोइको र कोरिया गल्फ संघका प्रतिनिधि किमले गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बालाई नगद र जिन्सी सहयोग हस्तान्तरण गरे ।
सो सहयोग वितरण कार्यक्रममा गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ क्लबका पूर्वअध्यक्ष प्रचण्डमान श्रेष्ठ, गल्फ प्रशिक्षक सचिन भट्टराई र गल्फका खेलाडीलगायत उपस्थिति रहेको थियो ।
हाल नेपाल गल्फ संघमा काठमाडौंको गोकर्ण गल्फ क्लब, रोयल नेपाल गल्फ क्लब, पोखराको हिमालय गल्फ क्लबलगायत क्लबहरू छन् । गत वैशाखमा शक्तिशाली तीनपटक गएको विनासकारी भूकम्पमा परेर नेपालका ४० क्याडी पीडित छन् ।
गल्फ संघले यसअघि पनि भूकम्पपीडित क्याडीहरूका लागि सहयोग गरेको थियो । संघले भूकम्पबाट बेरोजगार रहेका क्याडीलाई समेत सहयोग गर्ने जनाएको छ । (सौस)

प्रतिक्रिया