माउन्ट अन्नपूर्ण र लिटिल स्टेपलाई उपाधि

cosmos_GIRL_Winner[1]काठमाडौं । ‘प्रभावितहरूका लागि ह्यान्डबल’ भन्ने मुल नाराका साथ १५ जेठदेखि पोखरामा सुरु भएको कसमस कप अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिताकोे छात्रातर्पmको उपाधि माउन्ट अन्नपूर्ण र छात्रको उपाधि लिटिल स्टेप उच्च माविले प्राप्त गरेका छन् ।
सोमबार सम्पन्न फाइनल खेलमा माउन्ट अन्नपूर्णले लिटिल स्टेप उच्च माविलाई १२–२ को गोल अन्तरले पाखा लगायो । माउन्ट अन्नपूर्णले १० हजार रुपियाँ पायो । उपविजेता लिटिल स्टेपले पाँच हजार रुपियाँ पायो । माउन्ट अन्नपूर्णका एलिना पुन एक्लैले ११ गोल गरिन् । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै वेस्ट स्कोररको उपाधि एक हजार रुपैयाँ पुरस्कार पाइन् । छात्रातर्पm सिर्जना उच्च माविले तेस्रो स्थान हासिल ग-यो । सिर्जनाले मनकामना बोर्डिङलाई २–१ गोलले पराजित ग¥यो । सिर्जनाले तीन हजार रुपैयाँ पायो ।
छात्रतर्पmको उपाधि भिडन्तमा लिटिल स्टेपले सैनिक आवाशीय महाविद्यालयलाई २८–९ को गोल अन्तरले पाखा लगायो । विजयी टोलीले १० हजार रुपैयाँ पायो । लिटिल स्टेपका सुजन भुजेलले १२ गोल गरेका थिए । सैनिक आवाशीयले पाँच हजार रुपैयाँ पायो । तेस्रो भएको माउन्ट अन्नपूर्णले तीन हजार रुपैयाँ पायो । माउन्ट अन्नपूर्णले कास्की मोर्डनाइज्डलाई १६–११ गोलले हरायो । माउन्ट अन्नपूर्णका छात्र महेन्द्र पुन प्रतियोगिताको सर्वाधिक गोल कत्र्ता वेस्ट स्कोररको उपाधिसँगैै एक हजार रुपैयाँ पाए । उनले प्रतियोगिताभर २८ गोल गरेका थिए ।
माउन्ट अन्नपूर्णकी एलिना पुन छात्रातर्प र छात्रतर्प लिटिल स्टेपका रोहित गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । उनिहरूले एक हजार रुपैयाँ पाए । प्रतियोगितामा छात्रातर्पm गण्डकी बोर्डिङ स्कुल र छात्रतर्प सोसल पब्लिक स्कुलले फेयर प्ले टिमको एक÷एक हजारको पुरस्कार पाए ।
विजयी विद्यालय टिम र खेलाडीलाई सशस्त्र प्रहरी बल मुक्तिनाथका वाहिनीपति डिआइजी जानकीराज भट्टराई र नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङलगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिता कास्की जिल्ला ह्यान्डबल संघको आयोजना कसमस इन्टरनेसनल कलेजको प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको तत्वावधान र विद्यालय ह्यान्डबल संघ कास्कीको सहयोगमा भएको हो । प्रतियोगिता आयोजना गर्न कसमस इन्टरनेसनल कलेजले कास्की जिल्ला ह्यान्डबलसंग तीन वर्षका लागि सम्झौता गरेको छ । प्रतियोगितामा छात्रातर्पm १८ र छात्रतर्पm १९ गरी ३७ टिमको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया