‘नेपाली साम्बो दक्षिण एसियाको शक्ति बन्नसक्छ’

sambooकाठमाडौं, १८ जेठ । नेपालमा आएको भूकम्पपछि विश्व साम्बो महासंघ र विश्व युनिफाइड मार्सल आर्ट संघले नेपालका लागि एक/एक लाख रुपैयाँ सहयोग ग¥यो । नेपाल साम्बो संघ तथा युनिफाइड मार्सल आर्ट संघका अध्यक्ष धनञ्जय श्रेष्ठको नेतृत्वमा एउटा समूह मिलेर थप सहयोग ग¥यो । विभिन्न जिल्लामा गरी कुल पाँच लाख रुपैयाँबराबरको सामान यी दुई संघले वितरण गरे ।

भूकम्पपीडितलाई राहत वितरणका लागि नेपाल आइपुगेका संघ अध्यक्ष धनञ्जय श्रेष्ठ दोस्रो कार्यकाल उपलब्धिमुलक रहेको बताउँछन् । यो अवधिमा नेपाली साम्बोले एसियालीबीच खेलकुदमा पदक जित्न सफल भयो । थाइल्यान्डमा भएको एसियालीबीच भलिबलमा नेपालकी भगवती माझीले काश्य पदक जितेकी थिइन् । सहभागिताकै हकमा विश्व च्याम्पियनसिपमा समेत सहभागी हुनु नेपालका लागि उल्लेख्य रह्यो । आयोजनाको हकमा नेपालले दक्षिण एसियाली साम्बो च्याम्पियनसिपको आयोजना ग-यो । नेपालमा अहिले गोंगबु साम्बो क्लब क्रियाशील छ भने थप चारवटा क्लबको तयारी भएको छ । नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीमा साम्बो प्रवेश भइसकेको छ । सन् २०१८ को एसियाली खेलकुदमा प्रदर्शनी खेलको रूपमा साम्बो प्रवेश गर्ने भएको छ ।
बिस्तारै अन्तर्राष्ट्रिय निकायका साथै नेपालमा पनि यो खेलको बढ्दो प्रभावले साम्बो संघ आशावादी रहेको छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपाललाई अन्तर्राष्ट्रिय स्पर्धामा पदक दिलाउन सक्ने खेलका रूपमा साम्बोलाई स्थापित गर्दैछौँ ।’ दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो स्थानमा रहेको साम्बोले आफूलाई अघि बढाउँदै पहिलो शक्तिको रूपमा स्थापित गर्नसक्ने सम्भावना पनि श्रेष्ठ व्यक्त गर्छन् । अहिले सात जनाको हाराहारीमा अन्तर्राष्ट्रिय स्तरका प्राविधिक भएको साम्बो खेलले यो संख्या बढाएर प्राविधिक रूपमा पनि फड्को मार्न सक्नेछ ।

प्रतिक्रिया