काठमाडौं । भूकम्पका कारण मानिसक तनाव र दबाबमा परेका बालबालिकालाई खेलकुदको माध्यमबाट सामान्य जीवनतर्प उन्मुख गराउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको स्पोर्टस् सोलिडारिटी प्रोग्राम शनिबार सम्पन्न भएको छ ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा पाँच दिनसम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन बालवालिकाहरू विविध मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भए । अघिल्ला दिनहरूमा उनीहरूलाई जिम्न्यास्टिक, विभिन्न खेलकुद गतिविधिमा संलग्न गराइएको थियो । डा.योगी विकासानन्दलगायतले भूकम्पका कारण उत्पन्न त्रासलाई कम गर्ने उपाय, भूकम्पमा सुरक्षित रहने उपाय, घर बनाउँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा परामर्श दिनुका साथै व्यायाम पनि सिकाएका थिए । त्यस्तै हास्य कलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुतिमार्पmत बालबालिकाहरूलाई भरपुर मनोरञ्जन गराइएका थिए । (सौस)
प्रतिक्रिया