काठमाडौं, १५ जेठ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) सदस्यसचिव युवराज लामाले बिहीबार पत्रकार सम्मेलनमार्पत नेपाल क्रिकेट विकास बोर्डको गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि सार्वजनिक गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको चार वर्षीय कार्यकाल जेठ २८ मा समाप्त हुँदै छ । सदस्यसचिव लामाको यो अन्तिम निर्णय चर्चामा रहने निश्चित छ । उनले युवा तथा खेलकुद मन्त्रालयमार्पत नेपाल सरकारसमक्ष नेपाल क्रिकेट विकास वोर्डसम्बन्धी नयाँ प्रस्ताव गर्ने भएका छन् ।
लामो समयसम्म युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्यसचिव युवराज लामाबीच नेपाल क्रिकेट संघ(क्यान)मा आआफ्नो पार्टी निकट पदाधिकारी नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतसम्म मुद्दा पुगेको थियो ।
तथापि, यो निर्णय पनि विवादरहित नहुने धेरैको अपेक्षा छ । टंक आङबुहाङको नेतृत्वमा रहेको क्रिकेट संघ भ्रस्टाचारमा मुछिएपछि मन्त्री पौडेल र लामा दुवैले नयाँ बाटोको खोजी गरे पनि पौडेलको निर्णय विवादित भइसकेको छ । पौडेलले मन्त्रिपरिषद्मार्पmत विनयराज पाण्डे, श्रीहर्ष कोइराला र रमेस सिलवालसहितको कमिटी गठन गरे पनि न्यायालय र क्रिकेटको सर्वोच्च संस्था दुवैले यसलाई अस्वीकार गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा सदस्यसचिवले क्रिकेट विकास बोर्ड गठनका निमित्त गरेको प्रस्तावमा मुख्य ६ परिच्छेद उल्लेख गरेका छन् । क्रिकेट खेललाई व्यवस्थित रूपले विकास र विस्तार गर्न नेपाल क्रिकेट बिकास बोर्डको कार्यविधि आवश्यक देखिएकोले यो कार्यविधि तयार पारिएको सदस्यसचिवको धारण रहेको छ ।
क्रिकेट बिकास बोर्डसम्बन्धी कार्यविधीको प्रस्तावमा खेलकुद विकास ऐन २०४८ र नियम २०४९ अन्तर्गत बोर्ड रहने लामाले बताए । यो कार्यविधि नेपाल सरकारले स्वीकृत गरेको मितिदेखि लागू हुने जनाइएको छ । प्राविधिक विज्ञ, क्रिकेट विशेषज्ञ, कर्पोरेट हाउस, प्रायोजन गर्ने उद्योगपति, शिक्षाकर्मी, खेलकुद तथा अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय टोलीका कप्तान, अम्पायर, प्रशिक्षकलगायत गरी २१ सदस्य र जसमा दुई प्राविधिक गरी २४ सदस्य समिति रहनेछ ।
प्रस्ताव अनुसार नेपाल क्रिकेट विकास बोर्ड केन्द्रीय सदस्यहरू मध्ये केन्द्रीय सदस्यहरूबाट अध्यक्ष निर्वाचित हुनेछन् । अध्यक्ष र अध्यक्षबाट मनोनित केन्द्रीय सदस्यहरू मध्येबाट मनोनित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा क्रिकेट सम्बद्ध नौ क्षेत्रबाट निर्वाचित अध्यक्ष एक÷एक जना गरी जम्मा सदस्यहरू नौ सदस्य रहने छन् । यसैगरी, युवा तथा खेलकुद र मन्त्रालयको सह–सचिव सदस्य, राखेपबाट एक सदस्य, कर्पोरेट हाउसका प्रतिनिधि वा उद्योगपति र विभिन्न संघसंस्थाबाट तीन सदस्य पनि बोर्डमा रहनेछन् । साथै प्याब्सन/एन प्याब्सन/हिसानबाट एक÷एक जना अध्यक्ष वा महासचिव मध्ये –तीन, खेलकुद मन्त्रीबाट मनोनित – १ र राखेपको सदस्यसचिवबाट – १, बोर्डको सदस्य रहनेछन् । समितीको कार्यकाल ४ वर्षको रहनेछ भने जसमा नेपाल सरकारले तीन महिना थप्न पाउने प्रस्तावमा उल्लेख छ ।
त्यस्तै बोर्डमा राष्ट्रिय टिम क्याप्टेन, राष्ट्रिय कोच र अन्तर्राष्ट्रिय मान्यता प्राप्त निर्णायक आमन्त्रित सदस्यमा रहनेछन् भने आवश्यकता अनुसार खेलविज्ञ, प्रमुख कार्यकारी अधिकृत र प्रायोजकलाई विशेष आमन्त्रित सदस्यको रूपमा बैठकमा बोलाउन सक्नेछ । क्रिकेट विकास बोर्डको साधारण सभामा केन्द्रीय बोर्डका सदस्यहरू, प्रत्येक क्षेत्रबाट साधारण सभामा निर्वाचित २/२ जना र जिल्ला क्रिकेट बोर्डबाट साधारण सभाका लागि निर्वाचित प्रतिनिधिहरू १/१ रहने छन् । बोर्डलाई आर्थिक तथा भौतिक साथै महत्वपूर्ण योगदान गर्ने, संघसंस्था तथा व्यक्तिहरूमध्ये बोर्डले सिफारिस गरेका पाँच जना र बोर्डको निर्वाचन समितिबाट बोर्डको निर्वाचनसम्बन्धी कार्य गर्नुका सथौ साधारण सभामा पर्यवेक्षक र पर्यवेक्षकहरू खटाउन सक्नेछ ।
बोर्डको काम, कर्तव्य र अधिकार क्रिकेट विकास र विस्तारका लागि नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने, क्रिकेट खेल प्राविधिक कार्य लगायत, प्रशिक्षण, प्रतियोगितासम्बन्धी कार्यक्रम, योजना बनाई कार्यान्वयन गर्ने, आवश्यक प्राविधिकहरूको सिफारिस गर्ने ।त्यस्तै बोर्डले प्रमुख कार्यकारी अधिकृत, वित्तीय प्रवन्धक र अन्तर्राष्ट्रिय मान्यता प्राप्त लेखापरीक्षक वैतनिक पूर्णकालीन व्यवस्था गर्न पाउनेछ । पत्रकार सम्मेलनमा सदस्यसचिव लामाले क्रिकेट विकास बोर्ड गठनसम्बन्धी प्रस्ताव विवाद उत्पन्न गर्न ल्याइएको नभई विवाद समाधानका लागि ल्याइएको धारणा व्यक्त गरे । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लामोसमयसम्म क्यानमा विवाद रहेता पनि क्रिकेट विकास बोर्ड गठनसम्बन्धी प्रस्तावले क्रिकेटमा विकास गर्न उपयोगी हुने बताए ।
प्रतिक्रिया