काठमाडौं, १४ जेठ । नेपाल खेलकुद महासंघले भूकम्पका कारण क्षतिग्रस्त बनेका घरलाई पन्छ्याउन काठमाडौंको रामकोटस्थित डाँडापौवामा बुधबार जनश्रमदान गरेको छ ।
नेपाल खेलकुद महासंघ स्वयंसेवक परिचालन कमिटीका संयोजक ईश्वर विडारीको नेतृत्वमा खटिएको ७० सदस्यीय टोलीले जोखिमपूर्ण अवस्थामा रहेका घरलाई भत्काइ खतरामुक्त बनाउने, घर भित्र रहेका सामाग्रीलाई पन्छ्याउने लगायतका कार्य गरेका थिए ।
सोही क्षेत्रका भूकम्पपीडित सानुभाइ पुरीको परिवारको बसोबासका लागि अस्थायी घर बनाइ दिने काम पनि सुरु गरिएको जनाइएको छ । (सौस)
प्रतिक्रिया