दिलीप स्मृति प्रतिष्ठानको राहत

Rahatकाठमाडौं, १३ जेठ । दिलीप स्मृति प्रतिष्ठानले भूकम्पका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आश्रय लिइरहेका परिवारका साथै अन्य भूकम्पपीडितलाई राहत वितरण गरेको छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीकाअनुसार ४ सय ८६ जनालाई पानी र बिस्कुट प्रदान गरियो । नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघको सहयोगमा राहत वितरण गरिएको हो ।
राजेन्द्र आफँै पनि भूकम्पपीडित हुन् । उनको काभ्रेको शिखरआम्बोटेमा रहेको घर र त्रिपुरेश्वरमा डेरा गरी बसेको घर भत्केको छ । राजेन्द्र पनि हाल रंगशालामै आश्रित छन् । राजेन्द्रकै छोरा दिलीप ब्वाइज युनियन तेक्वान्दो डोजाङका खेलाडी थिए । उनको गत फागुन २२ गते १२ वर्षको उमेरमा निधन भएको थियो । (सौस)

प्रतिक्रिया