लोकतान्त्रिक संघको श्रमदान

congress-khelkudकाठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको कार्यक्रमअनुसार नेपाल लोकतान्त्रिक खेलकुद संघले सोमबार भूकम्पका कारण क्षतिग्रस्त बनेका घरलाई पन्छ्याउन ललितपुरको खोकनामा श्रमदान गरेको छ ।
त्यहाँका बाटोमा हिँड्नेलाई असर गर्ने खाल्का चर्केका घरलाई लडाएर खतरामुक्त बनाइएको लोकतान्त्रिक खेलकुद संघले जनाएको छ । उक्त कार्यमा विभाग प्रमुख धनराज गुरुङ, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, सभासद् मदन अमात्यलगायत सहभागी थिए । (सौस)

प्रतिक्रिया