अबुधाबी । खेलकुद इतिहासमा नै पहिलोपटक अनौठो तरिकामा टेनिस खेल सञ्चालन गराउने तयारी भएको छ ।
ससांरमा पहिलोपटक दुबईको समुन्द्रभित्र टेनिस प्रतियोगिता सञ्चालन गर्नका लागि पोल्यान्डको आर्किटेक्चर किर्जिजौफ कोतालाले यो महत्वाकांक्षी परियोजनाको सुरु गरेका हुन् ।
दर्शकका लागि कोर्टको समुन्द्रभित्र र बाहिरबाट खेल हेर्ने व्यवस्थासमेत मिलाइँदै छ । प्रस्तावित कोर्ट संसारको सबैभन्दा उचाइमा रहेको कोर्ट बुर्ज अल अरब स्काईक्रपरको नजिक बनाउने तयारी भएको सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पत्रिकासँगको अन्तर्वार्तामा कोतालाले दुबईमा टेनिसका लागि उपयुक्त ठाउँ भएकाले कोर्ट त्यस स्थानमा बनाउन लागेको जानकारी दिए । (एजेन्सी)
प्रतिक्रिया