काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ‘ब्याट फर नेपाल’ अभियानअन्तर्गत हुने च्यारिटी क्रिकेटमा श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडी सनथ जयसूर्याले खेल्ने भएका छन् ।
नेपालमा गएको विनाशकारी भूकम्प प्रभावित नेपाललाई आर्थिक सहयोग जुटाउन क्यानले विभिन्न कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपाल र विश्व ११ बीच हुने खेलमा श्रीलंकाका एक जमानाका सफल खेलाडी लेजेन्ड सनथ जयसूर्याले खेल्ने भएका हुन् । जयसूर्या नै टिमका सदस्य रहेको बेला श्रीलंकाले पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो ।
त्यसैगरी, जयसूर्याले विश्व ११ बाट खेल्नका लागि मलेसिया क्रिकेट एसोसिएसनको प्रस्ताव स्वीकार गरेका थिए । सामाजिक सञ्जाल ट्विटरमार्फत जयसूर्याले ब्याट फर नेपाल अभियानअन्र्तगत हुने खेलमा विश्व ११ बाट खेल्न लागेको बताएका थिए । श्रीलंकाका अर्का लेजेन्ड रोसन महानामाले भने नेपालको अभियानलाई समर्थन गर्ने बताएका छन् । उक्त अभियानअन्तर्गत नेपाल र विश्व ११ बीच किनरारा ओभल मैदानमा ५० ओभरको खेल हुनेछ । (सौस)
प्रतिक्रिया