काठमाडौ, २७ वैशाख । सिसिआरसीले थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । शंकरदेव क्याम्पसमा भएको फाइनलमा सिसिआरसीले नेप्साङलाई १७–१२ ले पराजित ग¥यो । सिसिआरसीको जितमा आशिष बस्नेतले ८, अनुप बस्नेतले ४ तथा दीपेश तामाङले ५ अंक योगदान गरे । दीपेश ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । शंकरदेव युथ क्लबद्वारा आयोजित दुईदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गरेका थिए ।
एसएलसी दिएर बसेका विद्यार्थीको टोलीले प्रतियोगितामा भाग लिएका थिए । विजेतालाई नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका महासचिव सान्तारत्न महर्जनले पुरस्कृत गरे ।
प्रतिक्रिया