काठमाडौ, २५ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडितलाई भूकम्प गएको दोस्रो दिनदेखि नै राहत सामग्री वितरण सुरु गर्न थालेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले भूकम्प गएको १३ दिनपछि पनि राहत वितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।
यसै क्रममा बिहीबार महर्जनसहित खेलाडी संघको टोलीले ललितपुरको दक्षिण भेगमा पर्ने नल्लु गाविसको ५, ६, ७, ८ र ९ वडाका भूकम्प पीडितलाई राहतसामग्री वितरण ग¥यो । करिब दुई सय घरधुरीलाई चामल, दाल, तेल, नुन, बेसार, साबुन, लत्ताकपडा, पाल, चाउचाउ, बिस्कुट, दालमोठ र औषधि गरी करिब दुई लाख मूल्य बराबरको राहतसामग्री वितरण गरिएको महर्जनले जानकारी गराए ।
महर्जनका अनुसार यसअघि भट्टेडाँडा, माल्टा, लेले, ढुकु, देवीचौर र चापागाउँका पीडितलाई पनि राहतसमग्री वितरण गरी सकिएको छ । ‘ललितपुरको दुर्गमका साथै अति प्रभावित क्षेत्र जहाँ खाद्यान्नको अभाव छ त्यहाँ राहतसामग्री वितरण गर्ने हाम्रो उद्देश्य हो ।’ महर्जनले भने, ‘अब मानिखेल, बुखेल, कालेश्वर, चन्दनपुर, शंखु, दलचौकी, चौघरे, बडीखेल, झरुवाराशी, गोदावरीलगायतका क्षेत्रमा पनि राहत सामग्री वितरणमा केन्द्रीत हुनेछौं । सिन्धुपाल्चोकमा पनि राहतसामग्री लैजाने तयारीमा छौँ ।’
महर्जनसहित खेलाडी साग स्वर्णधारी खेलाडीसंघसंघका अध्यक्ष दीपक विष्ट, दीपक श्रेष्ठ र रवि महर्जनले पनि राहत वितरण गरेका थिए । तीन पटकका टेबलटेनिस राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे, राष्ट्रिय कराते खेलाडी विनोद महर्जन र पर्वतारोही सञ्जय पण्डितलगायतले राहत वितरण गरेका थिए ।
राहत वितरणपछि अध्यक्ष विष्टले भने, ‘मीनकृष्णले जुन तरिकाले पीडितलाई राहत वितरण गुर्नभएको छ, खेलाडी संघलाई साथ दिनु भएको छ, खेलाडीलाई माया गर्नु भएको छ, समाज र आफ्नो क्षेत्रलाई माया गर्नुभएको छ यसका लागि म उहाँलाई खेलाडी संघको तर्पmबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’
प्रतिक्रिया