पटाका कारखाना विस्फोटमा एघारको मृत्यु

नयाँ दिल्ली, २४ वैशाख । पूर्वी भारतीय राज्य पश्चिम बङ्गलामा बिहीबार एक पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

पश्चिम मिद्नापोरे जिल्लाको पिङ्गला क्षेत्रमा अवस्थित सो पटाका कारखाना विस्फोटमा परी महिला र बालबालिकासहित ११ को मृत्यु भएको बताइएको छ ।

घटानमा परी अन्य सात जना घाइते भएका र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरी निरीक्षक भारती घोषले बताएका छन् ।

विस्फोटनको विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको, तर कारण अनुसान्धानरत रहेको बताइएको छ ।

प्रतिक्रिया