खेलाडी संघ र पूर्व कोषाध्यक्ष महजर्नद्वारा राहत वितरण

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ललितपुरको दुई गाविसका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।
ललितपुरको भट्टेडाँडा गाविसको विभिन्न ४ वडा र माल्टा गाविसको दुई वटा वडामा राहत सामाग्री वितरण गरिएको बताइएको छ । विभिन्न व्यक्ति र संस्थाबाट संकलित ३० बोरा चामल, दाल, २५ कार्टुन चाउचाउ, २ सय प्याकेट आलु चिप्स, २५ कार्टुन विस्कुट, लत्ताकपडा र ५० थान त्रिपाल गरी करिब २ लाख मूल्य बराबरको सामाग्री वितरण गरिएको पूर्व कोषाध्यक्ष महर्जनले जनाएका छन् ।
महर्जनसहित राहत वितरण कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, पर्वतारोही सञ्जय पण्डित लगायत संलग्न थिए । (सौस)

प्रतिक्रिया