भूकम्पले सीतापाइला तेक्वान्दो डोजाङमा क्षति

sitapailaकाठमाडौं, २३ वैशाख । गत वैशाख १२ मा गएको विनासकारी भूकम्पका कारण काठमाडौंको सीतापाइलामा रहको सीतापाइला तेक्वान्दो डोजाङमा क्षति पुगेको छ । क्षतिका क्रममा डोजाङ हलको भित्ता, झ्याल र भुइँ फुटेको छ भने हल बाहिरको पर्खाल पनि भत्किएको छ । डोजाङका प्रमुख प्रशिक्षक बब्लु सिवाकोटीका अनुसार डोजाङका धेरै जसो क्षेत्रमा क्षति पुगेकाले हलमा ट्रेनिङ गर्न नहुने अवस्था सिर्जना भएको छ । हाम्रो सानो लगानीको हल,त्यही माथी करिव दुई लाख क्षति भएको छ,डोजाङकाको पनि केही आम्दानी स्रोत नभएकले पुर्ननिर्माण गर्न अव गाह्रो हुने बताए ।

विंस २०६७ सालमा स्थापित डोजाङले जुनियर स्तरका केही राम्रा खेलाडीहरु आइसा लामा,प्रनिस गुरुङ,सन्जील तिमील्सीना र सैलेश गीरी लगायत खेलाडी उत्पादन गरीसकेको छ । प्रमुख प्रशिक्षक सिवाकोटीले भुकम्पले खेलकुदमा पनि ठुलो भौतीक र मानवीय क्षति प¥याएको जोड दिदै भने भुकम्पका कारण मृत्यु हुने खेलाडी शोक तथा घाइतेहरु प्रति सिघ्र स्वास्थ्या लाखको कामना गरे । सितपाइला डोजांगले पछिल्लो बर्ष घरेलु तेक्वान्दो प्रतियोगितामा सबैभन्दा राम्रो नतीजा पाएको थियो ।

प्रतिक्रिया