जोखिममा उपत्यकाका हल

film_hallकाठमाडौं । गत वैशाख ११ गतेबाट अल नेपाल रिलिज भएको फिल्म ‘रेशम फिलिलि’ ले फिल्म हलमा निकै आक्रामक व्यापार गरिरहँदा त्यसको भोलिपल्ट शनिबार पनि अझ बढी आक्रामक व्यापार गर्ने आम फिल्मकर्मीको अनुमान थियो ।

फिल्मको ‘जालैमा’ बोलको गीतले दर्शकलाई हलसम्म तानिरहँदा शनिबार मध्याह्न १२ बज्न लाग्दा आएको महाभूकम्पले फिल्म हेरिरहेका दर्शकलाई हलबाट भागाभागको अवस्थामा मात्र पुर्‍याएन यो दिनपछि दर्शकलाई हलसम्म पुनः तान्न सक्ने वातावरण बनाउन सकेन ।

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलब ९ रेक्टरको महाभूकम्पले अन्य क्षेत्रजस्तै फिल्म क्षेत्रलाई पनि असर पुर्‍याइदिएको छ । राम्रा–राम्रा फिल्म आउन लागिरहेका बेलामा गएको महाभूकम्पले उपत्यकाका अधिकांश हलमा क्षति पुर्‍याएको छ ।

हल प्रदर्शक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका उपत्यका सभापति गोपाल कायस्थका अनुसार राजधानीका मल्टिप्लेक्ससहित अधिकांश ठूलासाना हलमा भूकम्पको प्रभाव परेको छ । ‘फिल्मको भौतिकसँगै प्राविधिक पक्षमा पनि क्षति पुगेको छ, धेरै हलका भित्ता र सिलिङ चर्किएका छन्, धेरै हलमा सिलिङ खस्ने सम्भावना बढी देखेका छौँ,’ कायस्थले भने, ‘राजधानीका ५० प्रतिशत बढी हलमा क्षति पुगेको छ, भौतिकबाहेक फिल्मको प्रोजक्टरदेखि अन्य सामग्रीको निरीक्षण र परीक्षण गरेका छैनौँ, त्यसकारण पनि अहिले नै कति क्षति भयो भनेर यकिन गर्न सकिन्न ।’ गोपालले हलमा इन्जिनियर लगेर त्यसको निरीक्षण गराएर मर्मत गरेपछि मात्र हलहरू सञ्चालनमा आउने बताए ।

‘हलमा त्यति ठूलो असर देखिएको छैन, फिल्म देखाउने मेसिनको ब्रेक डाउन भएको छ, अरू अवस्थामा सामान्य छ,’ उनले भने, ‘भूकम्प आएदेखि हामीले हल चलाएका छैनौँ र यो अवस्थामा फिल्म हेर्न मान्छे हलमा आउन पनि सक्दैनन् ।

 

गोपालका अनुसार उपत्यकामा रहेका करिब ५० बढी हलमध्ये ७५ प्रतिशत हलमा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ ।

‘यी हल मर्मत गरेर सञ्चालनमा ल्याउन झन्डै दुईदेखि चार महिना लाग्छ, २५ प्रतिशत हल मात्र चाँडै सञ्चालनमा आउलान्,’ कायस्थले प्रस्ट्याए, ‘मैले सञ्चालन गरेको पुष्पाञ्जली हलमा पनि क्षति पुगेको छ ।’ कायस्थले बीमा गरिएका हलहरूले बीमा समितिबाट केही रकम लिएर हलको मर्मत सम्भार गर्न सक्ने सम्भावना भए पनि अन्य हलहरू आफ्नै खर्चमा मर्मत हुन सक्ने सम्भावना औँल्याए ।

भूकम्पका कारण राजधानीका सिटीसी मल, सिटी सेन्टर, सिभिलमल, केएल टावर, राइजिङ मल र सिटी स्क्वायरलगायतका ठूला व्यापारिक केन्द्र चर्किएपछि त्यहाँ सञ्चालित महँगा फिल्म हल पनि जोखिममा परेका छन् । सिटीसी मलमा सिने द चेफ, सिटी सेन्टरमा बिग मुभिज, सिभिल मलमा क्युएफएक्स, केएल टावरमा एफक्युब, राइजिङ मलमा क्युज र सिटी स्क्वायरमा सिटी म्यास हल छन् ।
राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेलले आफ्नो हलमा भूकम्पले सामान्य असर पारेको बताए । ‘हलमा त्यति ठूलो असर देखिएको छैन, फिल्म देखाउने मेसिनको ब्रेक डाउन भएको छ, अरू अवस्थामा सामान्य छ,’ उनले भने, ‘भूकम्प आएदेखि हामीले हल चलाएका छैनौँ र यो अवस्थामा फिल्म हेर्न मान्छे हलमा आउन पनि सक्दैनन् । त्यसकारण पनि अझै केही समयपछि मात्र हल सञ्चालनमा ल्याउनेछौँ ।’

राजधानीका एक हल सञ्चालकका अनुसार अधिकांश हल बाहिरबाट राम्रो अवस्थामा देखिए पनि भित्री रूपमा क्षतिग्रस्त छन् । ‘दर्शकले बाहिरबाट हेर्दा हल सुरक्षित देखे पनि भित्री रूपमा बस्न सक्ने अवस्था छैन, हलका भित्ता, सिलिङ र दर्शक हिँड्ने ठाउँ पनि चर्किएका छन्,’ उनले भने, ‘त्यसकारण पनि तुरुन्तै हल सुचारु हुन्छ भन्न सकिँदैन, त्यसमाथि पनि यो अवस्थामा दर्शकहरू फिल्म हेर्नका लागि हलसम्म आउँछन् जस्तो लाग्दैन ।’

उपत्यकाका हलसँग नजिक रहेर काम गरिरहेका पुराना फिल्म वितरक सुनिल मानन्धर पनि फिल्म हलहरूको अवस्था दयनीय रहेको बताउँछन् । ‘मैले सुनेअनुसार अधिकांश हल भूकम्पका कारण नाजुक बनेका छन्, यसको मर्मत गरेर सञ्चालनमा ल्याउन झन्डै ६ महिना लाग्छ,’ सुनिलले दाबी गरे, ‘फिल्म हलको मर्मत भए पनि दर्शक हलसम्म आउने सम्भावना कमै देख्छु ।’ सुनिलले अधिकांश दर्शक महाभूकम्पको चपेटामा परेकाले पनि यस्तो पीडामा पुनः हलमा दर्शक आउने सम्भावना एक वर्षका लागि आफूले नदेखेको दाबी गरे ।

‘फिल्म हेर्न त मन लाग्छ, तर यति ठूलो भूकम्पले हलको अवस्था पनि ठीक छैन होला,’ उनले भने, ‘अब केही महिना फिल्म हेर्ने मनस्थितिमा छैन ।

हेटौँडाका पत्रकार प्रभात लामाका अनुसार त्यहाँ रहेको ओम्याक्स हलसहित अन्य हलहरू सामान्य अवस्थामा चलिरहेका छन् । ‘भूकम्पको कारण रेशम फिलिलि रोकिएपछि अहिले हवल्दार सुन्तली, नाइँ नभन्नु ल ३ र सेतो बाघ फिल्म चलिरहेका छन्,’ लामाले भने, ‘हामीले पाएको जानकारीअनुसार अन्य ठाउँका फिल्म हलमा असर परेको छैन ।’

फिल्म वितरक, प्रदर्शक तथा निर्माता प्रदीप उदयले उपत्यकाबाहिरका कुनै पनि हलमा भूकम्पको प्रभाव नपरेको बताए । ‘उपत्यकाबाहिर धेरै हलमा अहिले फिल्म चलिरहेका छन्, कहीँ कतै पनि भूकम्पको प्रभाव सुनिएको छैन,’ उनले भने, ‘केवल राजधानीका हल मात्र भूकम्पबाट प्रभावित भएका छन् ।’ उपत्यकाबाहिरका अधिकांश हलमा दर्शकको संख्या पनि भूकम्पपछि बढ्दै गएको उनले बताए ।

प्रायः नेपाली फिल्म नियमित हेर्ने नयाँबानेश्वर, शान्तिनगरका जयनारायण चौधरीले महाभूकम्प गएपछि फिल्म हेर्न जान नसकेको बताए । ‘फिल्म हेर्न त मन लाग्छ, तर यति ठूलो भूकम्पले हलको अवस्था पनि ठीक छैन होला,’ उनले भने, ‘अब केही महिना फिल्म हेर्ने मनस्थितिमा छैन । फिल्म हलको मर्मत भएको समाचार बाहिर आएपछि मात्र हेर्न जाने योजना बनाएको छु ।’

प्रतिक्रिया