ढाका, ११ वैशाख । बंगलादेशमा तयारी पोसाक कारखानामा काम गर्ने एक महिला कामदारलाई यातना दिई नदीमा फ्याक्ने एक हत्यारालाई अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ । न्यायाधीशले सन् २००८ मा १९ वर्षीया महिलाको हत्या गरेकोमा रासु खानलाई मृत्युदण्ड दिने निर्णय खदालतले गरेको हो । खानले यस्तै प्रकारले अन्य दश महिलाको हत्या गरेको र ती प्रायः तयारी पोसाक कारखानाका कामदार भएको स्वीकार गरेका थिए ।
खानमाथि यी सबै हत्याका विषयमा छुट्टाछुट्टै सुनुवाइ भइरहेको छ । उनलाई निर्णय सुनाइएपछि निजले कुनै पनि पीडाको भावना नदेखाएको बताइएको छ । बुधबार न्यायाधीशले खानलाई पेसागत शृंखलाबद्ध हत्यारा तथा विकृत व्यक्तिको रूपमा लिएका छन् ।
खानले सहिदालाई विवाह गर्ने बचन दिइ चन्दपुर गाउँमा लगेका थिए । उनीहरूले परालको थुप्रोमा यौनसम्पर्क गरेको तथा पछि उसले सहिदाको हातखुट्टा बाँधी नदीमा डुबाइदिएको स्वीकारे । सन् २००९ मा एक मस्जिदबाट लाउडस्पिकर चोरेको आरोपमा ५० वर्षीय खानलाई पक्राउ गरी प्रश्न गर्दा यी हत्याका बारेमा प्रहरीले जानकारी प्राप्त गरेको हो । सोधपुछको समयमा खानले हत्या गरेको स्वीकार गरेका हुन् ।
खानले आफूले कम्तीमा ११ महिलाको हत्या गरेको र तीमध्ये एक मात्र तयारी पोसाक कारखानामा काम गर्ने नभएको जानकारी दिएको बताइएको छ । रहमानले यी सबै मृत महिलाको शरीरमा टोकिएको घाउ भएको, उनीहरूको स्तन तथा योनीमा धारिलो बस्तुले काटेको देखिएको र प्रायःलाई डुबाएर मारेको देखिएको बताए । यी हत्यामा निकै समानता देखिएको वकिल रहमानले उल्लेख गरे ।
खानले गारमेन्ट कारखानाका महिला कामदारलाई नै किन आक्रमणको लक्ष्य बनाएको भन्ने नबताए पनि निजले महिलालाई घृणा गरेको आफू युवा हुँदा महिलाले आफूलाई अस्वीकार गरेकाले बदला लिन खोजेको बताइएको छ ।
अर्का सरकारी वकिल साइदुल इस्लामले खानले आफूले १०१ महिलाको हत्या गरी सुफी मस्जिदमा योगी भएर बस्न चाहेको अदालतमा बताए भनी जानकारी दिएका छन् ।
प्रतिक्रिया