रामदेवले दिए श्रद्धाञ्जली

काठमाडौं । योगगुरु रामदेवले धादिङ दुर्घटनामा ज्यान गुमाएका तीर्थयात्रीलाई काठमाडौं विमानस्थलमै श्रद्धाञ्जली दिएका छन् । योग शिविरका लागि बिहीबार काठमाडौं आउने क्रममा विमानस्थलमै उनले भारतीय तीर्थयात्रीलाई श्रद्धासुमन अर्पण गरेका हुन् । रामदेव एयर इन्डियाबाट काठमाडौं आएका थिए ।
११ देखि १५ वैशाखसम्म खुलामञ्चमा हुने पाँचदिने योग शिविरमा सहभागी हुन रामदेव काठमाडौं आएका हुन् । योग शिविर व्यवस्थापन गर्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा ६१ सदस्यीय आयोजक समिति बनेको छ । (सौस)

प्रतिक्रिया