सिड्न । अस्टे«लियाको न्यु साउथ वेल्स राज्यमा आँधीको त्रास छाएको छ । आँधीका कारण हुन सक्ने खतराको सूचना जारी गरिएको बताइएको छ । सोही राज्यमा मंगलबार आएको भीषण आँधीमा परी तीन व्यक्तिको मृत्यु भएको छ । उक्त राज्यमा आँधी आउन सक्ने खतराको सूचना पहिल्यै दिइएको थियो । न्यु साउथ वेल्स राज्यको पश्चिममा रेहको डुङगओगमा सो आँधीमा परी एक महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ ।
यस आँधीको कारण १ लाख ८० हजारभन्दा बढी घरमा विद्युत्को लाइन पनि काटिएको बताइएको छ । न्यु साउथ वेल्समा लगातार जारी रहेको आँधीको कारण बाढीसमेत आएको र सो बाढीमा परेका ४७ भन्दा बढी व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । उक्त राज्यको संकटकालीन सेवाले दिएको जानकारीअनुसार त्यहाँ मंगलबार दिनभर नै आँधीको खतरा जारी रहने सूचना दिइएको थियो । न्यु साउथ वेल्समा यस्तो आँधी दश वर्षपछि यो पहिलोपटक आएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया