काठमाडौं, ७ वैशाख । प्रथम एसियाली पारा तेक्वान्दोमा कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघले आइतबार भव्य स्वागत गरेएको छ ।
नेपालीमा खेलाडी अरुण शाक्य र अर्का खेलाडी हिरामणि अधिकारीको साथमा टोलीका प्रशिक्षक तथा पारा तेक्वान्दो खेलाडी यादव कुँवर रहेको टोलीको नेता नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कासिम मिया थिए ।
टोलीलाई नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष प्रकास शमशेर राणा, तेक्वान्दो संघका डाइरेक्टर केशवराज गौतम, तेक्वोन्दोका केन्दीय सदस्यहरू रवि थापा र नोर्बु लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष्य राजेन्द्र खत्री र इसिडिसी पारा तेक्वान्दोका प्रशिक्षक कल्याण कुँवर तथा तेक्वान्दोका खेलाडीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । स्वागत कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक यादव कुवरले साचे अनुरूप पदक हासिल गर्न नसके पनि समग्रमा खेलाडीले राम्रो पदर्शन गरेको बताए ।
टोली नेता तथा तेक्वान्दो संघका केन्द्रीय सदस्य कासिम मियाले अन्तर्राष्ट्रिय क्षेत्रमा पारा तेक्वान्दो सम्भाव्यता राम्रो देखिएकाले नेपालले अब छिट्टै पारा तेक्वान्दो ठूलो फड्को मार्ने बताए । पदक विजेता तथा अर्का सहभागी हिरामणिले यसपटकको सहभागितामा नेपालले कास्यमा चित्त बुझाए पनि अर्कोपटक नेपाललाई स्वर्ण पदक जित्ने विश्वास दिलाए ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल पारा तेक्वान्दो सघं र नेपाल तेक्वान्दो संघको त्रिपक्षीय विवादका बाबजुद नेपाली टोली प्रतियोगितामा सहभागी भएको हो । परिषद् सदस्यसचिव युवराज लामा भन्छन्, ‘परिषद् अध्यक्षले बिदाइ गरे पछि परिषद्को कार्यक्रम होइन भन्न मिल्दैन ।’ उनले भने , ‘यो अफिसियल गेम होइन तर अफिसियल च्याम्पियनसिप होला यदि हो भने हाम्रो नियम अनुरूप खेलाडीलाई हामी सम्मान गर्नेछौँ ।’
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले सदस्य सचिवले प्रतियोगितामा सहभागिता रोक्ने प्रयाश गरेको आरोप लगाउँदै भन्छन्, ‘उहाँले यो प्रतियोगीता अफिसियल गेम होइन भन्नुभएको होला तर हामी संघको तर्फबाट खेलाडी उचित सम्मानको व्यवस्था गर्नेछौँ ।’
राखेपको रुचिविपरीत सहभागी खेलाडीले पदक जितेको यो नै पहिलोपटक होइन । यसअघि साम्बोकी भवगती माझी र करातेकी बिमला तामाङले पनि यसैगरी पदक जितिसकेका छन् ।
परिषद् र तेक्वान्दो संघ बीचको
विवादको सिकार यसअघि पनि पारा तेक्वान्दो खेलाडीसमेत रहेका यादव कुवर परेका थिए । उनले स्विजरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक कास्य पदक दिलाइका थिए ।
उनले राष्ट्रिय खेलकुद परिषद्को नियम अनुरूप २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए पनि रसियामा भएको पाँचौ विश्व पारा तेक्वान्दोमा रजत पदक जितेका थिए । उनले रजत पदक जितेको एक वर्ष बितिसक्दा पनि राष्ट्रिय खेलकुद परिषद्बाट सम्मान पाउन सकेका छैनन् ।
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अरुण शाक्यले के –४४ विधामा सेमिफाइनलमा उनी युएईका अली महोम्मद अलमाहरीसँग पराजित भएपछि नेपाल कास्यमा सीमित भएका हुन् । अलिले नेपालकै हिरामणि अधिकारीलाई पनि ४३ विधा
(दुवै हातको अपांगता) अन्तर्गत ७५ केजीमुनिमा पराजित गर्दै शाक्यसँगको भेट पक्का गरेका थिए । केरोगीमा हिरामणिले उनीसँग सुरुआती अग्रता लिएका थिए । दोस्रो चरणको खेलमा हिरामणि ७–५ अगाडि थिए । तर, चरणको खेलको अन्तिम ६ सेकेन्ड सम्हालिन नसक्दा ९–८ ले अगाडि रहेको अवस्था अलिले बराबरी गरे । दोस्रो चरणको हिरामणि र अलीबीच ९–९ को अवस्थामा नेपाल अभागी सावित हुँदै सडन आधारमा नेपालका हिरामणि पराजित भएका थिए ।
प्रतिक्रिया