नयाँ दिल्लीमा मोदी विरोधी किसान भेला

Naya-Dilhi-ma-modi-birodi-kनयाँ दिल्ली, ७ वैशाख । भारतका समस्याले घेरिएका प्रतिपक्षी नेता राहुल गान्धीले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको भूमि खरिदसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद पाइलाको विरोधमा राजधानीमा हजारौँ क्रुद्ध किसानको भेलालाई नेतृत्व दिएका छन् ।
नयाँ दिल्लीमा सरकारको विवादास्पद भूमिसम्बन्धी कानुनको विरोधमा आयोजित भेलामा कंग्रेस नेता गान्धीले प्रधानमन्त्री मोदी संघर्षरत किसानको खर्चमा ठूला व्यापारीप्रति कृतज्ञ भएको आरोप लगाए । गान्धीले भिडलाई प्रधानमन्त्री मोदीले किसानलाई आफ्नो भूमि बेच्न बाध्य बनाउने गरी कमजोर बनाउन चाहेको बताए । सेतो लुगामा कंग्रेस पार्टीको झण्डा फहराउँदै हजारौँ किसान उक्त विधेयकको विरोधमा दिल्लीमा भेला भएका छन् । उक्त विधेयकले व्यापारका लागि कृषिभूमि खरिद गर्न सजिलो बनाउनेछ ।
उक्त विरोध प्रदर्शन आरम्भ हुनुअगाडि नै प्रधानमन्त्री मोदीले भारतको दशौँ लाख गरिबलाई सहयोग गर्ने सरकारको पाइलाको बलियो रूपमा प्रतिरक्षा गरे । उनले आफ्नो सरकारले उच्च मुद्रास्फीति घटाएको दाबी गरे । उनले भारतीय जनता पार्टीका सांसद्हरूको एक भेलालाई सम्बोधन गर्दै आफ्नो सरकार गरिबका लागि भएको र आफूहरू गरिबप्रति समर्पित रहेको बताए ।
गत वर्ष निर्वाचनमा शासनमा पुगेपछि प्रधानमन्त्री मोदीले अर्थतन्त्रमा सुधार गर्ने वचन दिएका थिए । प्रधानमन्त्री मोदीले कारखानाका लागि भूमि खरिदको प्रक्रियालाई प्रभावकारी बनाउन, उद्योग क्षेत्र स्थापना गर्न तथा अन्य विकास परियोजना स्थापना गर्न यो विधेयक आवश्यक
भएको बताए ।
राष्ट्रिय निर्वाचनमा किसानहरू मोदीको बिजेपीको पक्षमा देखिएका थिए । उक्त विधेयकका विरोधमा दुर्गमक्षेत्रमा क्रोध बढेको छ र उनीहरूले सरकारले ठूला व्यापारको पक्षमा ऋणले थिचिएका किसानको पीडा बढाएको आरोप लगाएका छन् । भारतमा हालै बेमौसमको वर्षाका कारण बाली नष्ट भएको छ र धेरै किसानले निकै पीडा भोग्नथालेका छन् । कंग्रेस पार्टीले राष्ट्रिय रूपमा टेलिभिजनमा प्रसारित यस कार्यक्रममा हजारौँ समर्थक परिचालन गरेको छ । यसबाट ४४ वर्षीय गान्धीलाई पार्टीको बलियो प्रमुखको रूपमा पुनः प्रस्तुत गर्न र आफ्नी आमालाई पार्टी प्रमुखको पदबाट प्रतिस्थापन गर्न अवसर प्राप्त हुने अनुमान गरिएको छ ।
भारतमा संसद्को बैठक सोमबारदेखि आरम्भ हुनेछ र माथिल्लो सभामा पर्याप्त संख्या नपुगे पनि यस विधेयकलाई सरकारले अगाडि बढाउने अपेक्षा गरिएको छ । गत वर्षको राष्ट्रिय निर्वाचनमा अपमानपूर्वक रूपमा पराजित भएको र त्यस पछिको अनेकौँ निर्वाचनमा पराजित भएको कंग्रेसले यस क्रोधलाई उपयोग गर्न चाहेको छ । गान्धी दुई महिनासम्म आफ्नो पार्टीको पराजयको कारणका विषयमा चिन्तन गर्न बिदा बसी फर्केको केही दिनपछि उनले उक्त सम्बोधन गरेका हुन् । निर्वाचनको पराजयलाई उनको नेतृत्वको क्षमताप्रति ठट्टा गर्न उपयोग गरिएको छ । राहुल गान्धीलाई प्रायः उनको ख्यातिप्राप्त परिवारमा अनिच्छुक तथा एकान्त मनपराउने सन्तानको रूपमा हेरिएको छ । यस परिवारमा उनका बाबु, हुजरआमा तथा बुढा हजुरबुबा सबै प्रधानमन्त्री बनेका थिए । भारतको उत्तरी राज्यहरूबाट बसमा ल्याइएका प्रदर्शनकारीले भरिएको रामलिला मैदानमा गान्धी आफ्ना नेता भएको नारा लगाएका थिए । भिड नियन्त्रण अधिकारीले भेलामा करिब एक लाखको संख्यामा जनता देखिएको जानकारी
दिएका छन् ।
यस विधेयकले प्रतिरक्षा, ग्रामीण आवास, ऊर्जा, उद्योग क्षेत्रका लागि भूमि प्राप्त गर्न यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । हाल यस्तो भूमि प्राप्त गर्न कम्तीमा ८० प्रतिशत भूमिपति आफ्नो भूमि बेच्न सहमत हुनुपर्ने व्यवस्था छ । यस्तो विषयमा भूमि बेच्नुपर्दा कति व्यक्ति प्रभावित हुनेछन् भन्ने सामाजिक प्रभाव अध्ययन गर्नुपर्ने आवश्यकता पनि हटाइएको छ । व्यापारिक समुदायले वर्तमान आवश्यकताले परियोजना स्थापना गर्न वर्षौं लाग्नसक्ने आरोप लगाएका छन् । सरकारले पनि यस कानुनमा सुधार गर्न र आर्थिक वृद्धिलाई सहयोग गर्न चाहेको छ । भूमि प्राप्तिसम्बन्धी विधेयक अगाडि बढाउने काममा विपक्षी दलले संयुक्त रूपमा बाधा दिएका छन् ।

प्रतिक्रिया