रोम, ७ वैशाख । सात सय आप्रवासी बोकेर आएको एक डुंगा मेडिटेरानियन समुन्द्रमा खस्दा डुंगामा सवार अधिकांशको मृत्यु भएको आंशका गरिएको छ ।
लिबियाबाट आएको जहाज समुन्द्रको सबैभन्दा खतरनाक क्षेत्रमा डुबेको हो । दुर्घटनामा परेर अहिलेसम्म केवल २८ जनाले मात्रै ज्यान जोगाएका छन् ।
युरोप जान लागेका आप्रवासी चढेको डुंगा डुब्दा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । लिबियाको सीमा क्षेत्रबाट ६० माइल्स पर गएपछि डुंगा दुर्घटनामा परेको हो ।
इटलिको लाम्पेडुसा टापू आउन १ सय २० माइल्स बाँकी रहेका बेला यात्रुहरू डुबानमा परेका हुन् । यसअघि झन्डै ४ सय ५० जनाको मृत्यु भएको सातादिन नबित्दै इटलिको सीमा क्षेत्रमा यस्तो घटना घटेको हो ।
इटली हँदै युरोपका विभिन्न भूभाग छिर्न खोजेका झन्डै ११ हजार यात्रुलाई अहिलेसम्म सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले उद्धार गरिसकेका छन् ।
यस वर्ष समुन्द्रमा डुबेर मृत्यु हुनेको संख्या अहिलेसम्म १५ सय पुगिसकेका छन् ।
प्रतिक्रिया