
काठमाडौं । अटोमोबाइल ब्राण्ड फोटोनले थप ५ ठाउँमा आधिकारिक फोटोन टोटल केयर शील्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको छ । भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा ५ नयाँ आधिकारिक फोटोन टोटल केयर शील्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याइएका हुन् ।
कम्पनीका अनुसार यो विस्तारसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ स्थापना गरिएका शिल्ड सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका फोटोनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुनेछ ।
फोटोन टोटल केयर नेटवर्कमार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोगलगायत सेवा प्राप्त गर्नेछन् । भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानलाई आफ्नो सेवा नेटवर्कमा समावेश गरेको छ ।
प्रतिक्रिया