मुक्तिनाथ विकास बैंकद्वारा २६ वटा व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य तथा स्वच्छ खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा सहयोग पु¥याउने उद्देश्यले २६ वटा व्हीलचेयर उपलब्ध गराएको जनाएको छ ।

बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका सल्यानस्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, मोरङको रंगेली अस्पताललाई १० थान तथा रुपन्देहीको ओमसतिया गाउँपालिका–१ नम्बर वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिका लागि ३ थान व्हीलचेयर हस्तान्तरण गरेको हो । त्यस्तै, बैंकले पथरी नगर अस्पताललाई ३ सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा सहयोग पुग्ने कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया