
काठमाडौं । हाल जारी फिफा विश्वकपमा नर्वेसँगको हारसँगै ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हृदयविदारक हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन् ।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताएका छन् । न्यु जर्सीमा भएको खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयको पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।
घाइते अवस्थाबाट फर्किए पनि पूरा प्रभाव देखाउन सकेनन् । विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए । त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजना अनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए ।
पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए ।
ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट आयो । तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन ।
सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने ।
चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे । विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो । उनले दुई ओलम्पिकमा सहभागिता जनाएका थिए ।
२०१२ मा रजत तथा २०१६ मा उनले टोलीको नेतृत्व गरेर ब्राजिललाई स्वर्ण पदक दिलाएका थिए । यद्यपि उनले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका थिए । त्यसपछि कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए ।
प्रतिक्रिया