ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले ई–सेवाबाट बोलेको, तपाइँको ई–सेवामा धेरै रिवार्ड पोइन्ट रहेकोमा किन प्रयोग नगर्नुभएको भन्दै याक एण्ड को इन्टरप्राईजेजको मोबाइलमा पटक–पटक फोन गरी ओटिपी कोड लिई नगद १ लाख ९८ हजार ४ सय ९९ रूपैयाँ ईभोलुसोन टेड्रिङ प्रालिको ई–सेवा आईडीमा रकमान्तर गरेको र ईभोलुसोन टेड्रिङबाट आइफोन लिएको खुल्न आएको छ ।

प्रहरीले उनको साथबाट मोबाइल ४ थान र सिमकार्ड ४ थान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया