कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स गठनबारे छलफल

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले बाँदर लगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्वलाई व्यवस्थापनका लागि कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच सो फोर्स गठन गर्ने विषयमा छलफल भएको हो ।
स्थानिय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।

सो छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, संसद सागर ढकाल, वन मन्त्रालयका सह सचिव लगायतको सहभागिता थियो ।

प्रतिक्रिया