मन्त्रिपरिषद् हेरफेर, विज्ञान–प्रविधि र नवप्रवर्तन मन्त्रालय पनि प्रधानमन्त्री वालेनकै काँधमा

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएपश्चात मन्त्रीहरुको जिम्मेवारी फेरि एक पटक हेरफेर गरेको छ । मन्त्रालयहरू १८ मा झारिएसँगै त्यसबमोजिम कार्यविभाजन गरिएको हो ।

यसअघि मन्त्रीहरूले पाएको जिम्मेवारी मन्त्रालय खारेज नभएको वा नगाभिएको हकमा यथावत राखिएको छ । नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि झिकेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाइएको हो ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी पनि आफैँसँग राखेका छन् । रक्षा सुरुबाटै प्रधानमन्त्रीकै मातहतमा थियो । गृहबाट सुधनले राजीनामा दिएपछि प्रधानमन्त्री आफैँले लिएका हुन् ।

प्रतिक्रिया