रास्वपाका उपनेता गणेश पराजुलीको असभ्य अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं उपनेता गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गरेको ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेक्रममा सभामुख अर्यालले सांसद पराजुलीले प्रयोग गरेको उक्त असभ्य भासा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । यही वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले ती शब्द प्रयोग गरेका थिए ।

विपक्षी दलका तर्फबाट ती शब्द हटाउन माग भएको थियो । ‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने ।

प्रतिक्रिया