
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुने छ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया