गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा यही वैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ ।

यस अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त बैंकले गरेको छ ।

यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ईर्मजिङ एसिया बैंकिङ अवार्डमा The Best Bank र Best AI/ML Implementation विधामा उत्कृष्टसहित Best MSME Acceleration विधामा च्गललभच(गउ र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा ‘the HRM Awards for Corporate Excellence 2024’ बाट समेत सम्मानित भइसकेको छ ।

प्रतिक्रिया