
कास्की । कास्की जिल्ला पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका पाँच जना भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले बैशाख २४ गते सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा ललिता केम्बागी, यल्लेश, प्रवीणा काले, भास्कर यल्लेश काले र नीलकंक्षा नाम गरेका भारतीय नागरिक रहेका छन् ।
फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया