वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले मार्यो छापा

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

विभागले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको हो ।

विभागको टोलीले काठमाडौंस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो ।

उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने सन्दर्भमा कानुनी परामर्शसमेत भइरहेको बताइएको छ । बानीयाँ नेपाली कांग्रेसबाट निर्वाचित सांसद तथा वागमती प्रदेशमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया