
काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नका लागि फेरि राष्ट्रपतिलाई नै सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि सरकारले वैशाख १४ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।
त्यसमाथि सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। बैठकले अध्यादेशलाई फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो ।
यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारले पनि यो अध्यादेश पठाएको थियो । ओली नेतृत्वको सरकारले २०८२ असार २५ मा र कार्की नेतृत्वको सरकारले २०८२ मंसिर २ मा पठाएको थियो। त्यतिवेला पनि राष्ट्रपति पौडेलले जारी गरेका थिएनन् ।
प्रतिक्रिया